
यस अवसरमा महासंघले शुक्रबार काठमाडौंस्थित केन्द्रीय कार्यालय सन्चारग्राममा एक कार्यक्रम गरी पूर्वअध्यक्षहरुलाई सम्मान गरेको छ । महासंघका ९ जना पूर्वअध्यक्षलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठूरी, धर्मेन्द्र झा, शिव गाउँले र डा. महेन्द्र विष्ट छन् ।
उनीहरुलाई प्रेस स्वतन्त्रताका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सभामुख कृष्णबहादुर महराले सम्मान गरे ।
कार्यक्रममा सभामुख महराले पत्रकारिताको मर्यादालाई ख्याल गरी पत्रकारले आफनो भूमिका निर्वाह गर्नुपर्ने बताए ।
पत्रकार समाजको ऐना भएको र समाज रुपान्तरणमा पत्रकारको भूमिका ठूलो रहने उनले बताए ।
महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले निरंकुश शासन अन्त्य भएपनि प्रेस अझै पूर्णरुपमा स्वतन्त्र हुन नसकेको बताए ।
मिडियाले आफ्नो स्वार्थपूर्तिका लागि नभइ समाज परिवर्तन गर्ने खालका समाचार सम्प्रेषण गर्न उनले सुझाव दिए ।
अरु पूर्वअध्यक्षले पत्रकारले निर्धक्क भएर लेख्न पाउने अवस्था अझै नरहेको उल्लेख गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्