Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


‘१० वर्षयताकै ठूलो’ असिना–पानी, करोडौंको क्षति


0
Shares

शुक्रबार परेको असिना–पानीले किसानले लगाएको हाइब्रिड मकै, मुसुरो, गहुँ, आँपलगायत विभिन्न तरकारी बालीमा क्षति पुर्‍याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको हो ।

क्षतिको यकिन तथ्यांक आउन नसकेपनि करोडौं रुपैयाँको क्षति भएको अनुमान कार्यालयको छ ।

यो वर्ष आँपको उत्पादन वृद्धि हुने अपेक्षा गरिएकामा असिनाले ठूलो क्षति पुर्‍याएको छ । असिनाले भर्खर फुलेका आँपको फूल झारेको हो ।

उता, इँटा उद्योगीसमेत असिना–पानीले पीडित बनेका छन् ।

इँटा बनाउन तयार पारेको काँचो इँटामा क्षति पुगेको उनीहरुले बताएका छन् ।

गत साउन २८ गतेकोे बाढीबाट पीडित बनेका रौतहटवासी असिना–पानीबाट थप पीडित बनेका छन् ।

शुक्रबार १० वर्षयताकै सबैभन्दा ठूलो असिना–पानी परेको कार्यालयले जनाएको छ ।