२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बंगलादेशसितको व्यापार घाटा कम गर्न सरकार गम्भीरतापूर्वक लागिपरेको दाबी


0
Shares

काठमाडौं, मंसिर ७ । राजस्वसचिव शिशिर ढुंगानाले नेपालको बंगलादेशसँगको व्यापार घाटालाई कम गर्न सरकार गम्भीरतापूर्वक लागिपरेको दाबी गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्सले शुक्रबार राजधानीमा नेपाल–बंगलादेश आर्थिक सम्बन्धका सन्दर्भमा गरेको छलफल कार्यक्रममा उनले उक्त दाबी गरेका हुन् ।

बंगलादेशसँगको वयापार घाटालाई कम गर्न बंगलादेशसँग ऊर्जा व्यापार सम्झौता गरिएको र यसको कार्यान्वयनको चरण सुरु भएपछि व्यापार घाटा सन्तुलनमा आउने उनले उल्लेख गरे ।

नेपालका लागि बंगलादेशका राजदूत माश्फी बिन्टे शाम्सले व्यापार, लगानी र पर्यटनको विकासका लागि संस्थागत व्यवस्थापन महत्वपूर्ण हुने कुरामा जोड दिइन् ।

नेपाल र बंगलादेशले धेरैओटा क्षेत्रीय र अन्तर्राष्ट्रिय मन्च सेयर गर्दै आएको र एक–अर्काको विकासका मुद्दा मिल्दाजुल्दा भएकाले ती मन्चलाई दुईपक्षीय हितका लागि प्रयोग गर्नसकिनेमा पनि उनले जोड दिइन् ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले लगानी गर्नलाई नेपाल ‘भर्जिन ल्यान्ड’ भएको र सबैभन्दा उपयुक्त वातावरणसमेत भएकाले बंगलादेशबाट नेपालमा हुने लगानी वृद्धि गर्नलाई सहयोग गर्न उनले अनुरोध गरे ।