बेपत्ता पारिएका र सत्यनिरुपणसम्बन्धी अध्यादेश स्वीकृत • Image Khabar Image Khabar


बेपत्ता पारिएका र सत्यनिरुपणसम्बन्धी अध्यादेश स्वीकृत


Imagekhabar
१६ चैत्र २०७४, शुक्रबार १६:०६

बेपत्ता पारिएका र सत्यनिरुपणसम्बन्धी अध्यादेश स्वीकृत

संसदको शुक्रबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रस्तुत् गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरिएको हो ।

त्यस्तै, बैठकमा शुक्रबारै गृहमन्त्री रामबहादुर थापाले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४’ प्रस्तुत् गरे भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ प्रस्तुत् गरे ।

उक्त अध्यादेशहरु यसअघि व्यवस्थापिका–संसद नभएको अवस्थामा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको थियो ।

संसदको अर्को बैठक चैत १९ गते दिउँसो १ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्