दोलखा, मंसिर ७ । दोलखामा सम्पन्न प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज काठमाडौंले जितेको छ ।
शुक्रबार चरिकोटमा भएको फाइनल खेलमा दोलखा जिल्ला फुटबल संघलाई २–१ ले हराउँदै प्लानिङ ब्वाइजले उपाधि जितेको हो ।
विजयी टिमलाई खानेपानीमन्त्री एवं स्व. प्रकाश दहालकी धर्मपत्नी बीना मगरले दुई लाख ५० हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिन् ।
उपविजेता बनेको दोलखा जिल्ला फुटबल संघले एक लाख २५ हजार रुपैयाँ पुरस्कार पायो ।
रिनेजम नेपालको आयोजना तथा दोलखा जिल्ला फुटबल संघको सहआयोजनामा भएको खुला राष्ट्रिय फुटबलमा १२ टिमको सहभागिता थियो ।








प्रतिक्रिया दिनुहोस्