६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


द्रुतमार्गमा पर्ने खोकनामा प्राचीन सामग्री फेलापरेको दाबी


13
Shares

नरेन्द्र मानन्धर (इमेज)

काठमाडौं, मंसिर ७ । निर्माणाधीन काठमाडौं–निजगढ द्रुतमार्गमा पर्ने खोकना क्षेत्रमा प्राचीन पुरातात्विक र ऐतिहासिक महत्वका सामग्री फेलापरेको दाबी गरिएको छ ।

खोकनाको प्राचीन क्षेत्र कुदेशमा स्थानीयबासीहरुले उत्खनन् गर्दा पुरानो इनार, मूर्तिहरु, इँटा छापेको बाटो, घरका जगहरु, माटोबाट बनेका सामग्रीहरु फेलापरेका हुन् ।

नेपाली सेनाले बनाउन लागेको सो खन्डमा नै यस्ता सामग्रीहरु फेलापरेको जनाइएको छ ।

ती सामग्री ऐतिहासिक महत्वका रहेको भन्दै संरक्षण गर्न स्थानीयले सरकारसित माग गरेका छन् ।

स्थानीयवासी अशोज महर्जनकाअनुसार दसैंअगाडि पुरातत्व विभागले सो क्षेत्रमा पुरातात्विक र ऐतिहासिक महत्वका वस्तुहरु नभएको प्रतिवेदन सेनालाई दिएकै क्षेत्रमा त्यस्ता सामग्री फेलापरेका हुन् ।

ती सामग्रीको वैज्ञानिक अनुसन्धान र सो क्षेत्रमा पुनः उत्खनन् गरी अनुसन्धान गर्न नेपाल सांस्कृतिक पुनःजागरण अभियानलगायतका स्थानीय संस्थाहरुले माग गरेका छन् ।

सो क्षेत्रमा गत वैशाखमा करिब १३ सय वर्ष पुरानो सिंहको मूर्तिसमेत फेलापरेको महर्जनको दाबी छ ।