२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


यस्तो बन्दैछ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल (भिडियो)


0
Shares

राष्ट्रिय गौरवको आयोजना मानिएको यस विमानस्थल थालिएको ७ महिनामा ७ प्रतिशत काम सम्पन्न भएको हो ।

द्रुत गतिमा बनिरहेको दावी गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम शुरु गरिएको ७ महिनामा ७ प्रतिशत सम्पन्न भएको छ ।

आयोजनाले अबको आठ महिनामा जमीन सम्याउने काम सकाइने जनाएको छ । अरु आयोजनाभन्दा काम छिटो भएको दावी विनानस्थलका आयोजना प्रमुख बिनेस मोनंकर्मीको छ ।

चिनियाँ र नेपाली गरी करीब २ सय कामदारले अहिले काम गरिरहेका छन् । जसमा चिनियाँ ५० र नेपाली १ सय ५० जना मजदुर छन् । जमिन सम्याउन ट्रिपर २६, एक्साभेटर २०, डोजर २० र रोलर ४ वटा प्रयोग गरिएको छ ।

निर्माणलाई थप तीव्रता दिन चीनबाट ल्याइएका थप ४० वटा ट्रिपर, रोलर, एक्साभेटर, डोजरलगायत निर्माण सामग्री भारतको कोलकाता बन्दरगाहमा आइपुगेपनि नेपाल ल्याउन ढिला हुँदा काममा ढिलाई भएको आयोजनाले जनाएको छ ।

जमिनको ६० प्रतिशत भागमा कडा खालको माटो रहँदा काम गर्न कठीनाई भएको छ । सरकारले सन् २०१४ मे १२ मा चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईलाई ठेक्का दिएको थियो ।

निर्धारित समयमा नसके क्षतिपूर्ति दिनुपर्ने शर्तमा इपीसी मोडलमा सीएएमसीईले ठेक्का सकारेको हो । उसले सन् २०२१ को जुलाई १० मा काम सकाएर नेपाल सरकारलाई हस्तान्तरण गर्नु पर्नेछ ।

चिनियाँ एक्जिम बैंकले दिएको करीब २२ अर्ब रुपैयाँ ऋणमा विमानस्थल बनिरहेको हो । पोखरा–लेखनाथ महानगरपालिकाको वडा नं १४, १८ मा पर्ने करीब तीनहजार ७ सय रोपनीमा विमानस्थल बनाइदैछ ।

सरकारले २०३१ साल र हालै गरी दुई चरणमा जमिन अधिग्रहण गरेको हो । हालै अधिग्रहण गरिएको ५ सय २१ रोपनी जग्गाको मुआब्जा वितरण गरिसकिएको छ ।

विमानस्थलको पेरिफेरिमा रिङरोड बनाउन सरकारले पछिल्लो समय अधिग्रहण गरेको ६० रोपनी जग्गाको मुआब्जा पनि वितरण गर्न थालिएको छ ।

विमानस्थल बरपर १० मिटरको १० किलोमिटर सडक निर्माणको काम केही दिनमै थालिने छ ।

चिनियाँ निर्माण कम्पनी सीएमसीइले ११ अगस्त २०१७ बाट निर्माण थालेको विमानस्थल २०२१ जुलाईमा सकाएर सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ ।

अन्तर्राष्ट्रिय हवाई उड्डयन संस्था आईकाओको मादण्डअनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थलको निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सोसरहका जहाज आउजाउ गर्न सक्नेछन् ।

भिडियो