
तेह्रथुम, चैत १७ । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–६, मोराहाङको सिकिदिममा चिया प्रशोधन उद्योग स्थापना गरिएको छ ।
सिकिदिम चिया उत्पादक सहकारी संस्थामार्फत किसान आफैंले श्रमदान र लगानी गरेर प्रशोधन उद्योग स्थापना गरेका हुन् ।
सहकारीमार्फत् चिया प्रशोधन उद्योग स्थापनाका लागि किसानलाई उन्नति परियोजनाले आर्थिक सहयोग गरेको छ ।
करीब २० लाख रुपैयाँ लगानीमा उद्योग स्थापना भएपछि किसानले उत्पादन गरेको हरियो पत्ती खेर नजाने भएको सहकारी संस्थाका अध्यक्ष गोविन्द लिम्बुले बताए ।
यसअघि विगतका वर्षमा प्रशोधन उद्योग नहुँदा मोराहाङका चिया किसानले उत्पादन गरेको हरियो पत्ती प्रशोधनमै नआई नष्ट हुने गरेको थियो ।
अहिले किसानले हरियो पत्ती टिप्ने समय सुरु भएकाले यही वर्षबाट उद्योगले उत्पादन गर्ने अध्यक्ष लिम्बुले बताए ।
प्रतिक्रिया दिनुहोस्