
प्रेस चौतारी कास्कीले शनिबार पोखरामा गरेको पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले मन्त्रालयले पर्यटकको तथ्यांक व्यवस्थापन गर्ने बताए ।
उनले हवाई पर्यटकबाहेक सडकमार्गबाट भित्रिने पर्यटकको निश्चित संख्या यकिन नभएको र यसको व्यवस्थापनका लागि तत्काल काम सुरु गरिने बताए ।
मन्त्री अधिकारीले पहाडी क्षेत्रमा पनि हवाई सेवा प्रभावकारी बनाउन सानो खालको ट्वीनअटर विमान खरिद गर्ने तयारी थालिएको जानकारी दिए ।
आफू प्रचारमुखीभन्दा पनि स्थायी समाधान दिने तरिकाले काम गर्न लागेको दाबी गर्दै मन्त्री अधिकारीले खस्किएको अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन १० खर्ब रुपैयाँ आवश्यक रहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्