१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


प्रधानमन्त्रीले ‘विप्लव’लाई भने–‘मजाक नगर्नोस्’ (भिडियो)


0
Shares

रिपोर्टर्स क्लब नेपालको २०औं वार्षिकोत्सव समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानममन्त्री ओलीले जनताले देखेको समृद्विको चाहना पूरा गर्ने बताए ।

उनले लोकतन्त्र र स्वतन्त्रताको सवालमा कसैसँग सम्झौता नगरिने स्पस्ट पारे ।

प्रधानमन्त्री ओलीले ‘सम्पूर्ण क्रान्ति पूरा भइसकेकाले अब कुनैपनि क्रान्ति वा द्वन्द्व आवश्यक छैन’ भन्दै नेकपा ‘विप्लव’ समूहले राजनीतिक मजाक गरिरहेको टिप्पणी गरे ।

उनले छिमेकी मुलुकहरुसँग सहकार्य गरेर देश विकासमा लाग्ने पनि बताए ।

‘राजनीतिक संक्रमण हुँदा दलहरुबीच फुट ल्याएर च्याखे थाप्ने गरिएको’ भन्दै प्रधानमन्त्री ओलीले ‘अब खाल नभएका बेला च्याखे काम नलाग्ने’ बताए ।

उनले ‘कसैलाई पनि साम्प्रदायिकता फैलाउने छुट छैन’–भने ।

आफ्नो भारत भ्रमण देश विकासमा भारतको सहयोग जुटाउनका लागि हुने केन्द्रित हुने उनको भनाइ थियो ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भाषणभन्दा पनि अब काम गर्नुपर्ने बेला आएको बताए ।

उनले अब कुनैपनि बहानामा कसैलाई समृद्विको अभियानबाट पछि हट्ने छुट नभएको भन्दै ‘हिंसा–क्रान्ति आवश्यक छैन’–भने ।

कार्यक्रममा इमेज च्यानलका प्रमुख समाचार संयोजक राजन कुईकेललाई सहिद जगतप्रकाश शाह स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । कुईकेल विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।

कार्यक्रममा अरु थुप्रै पत्रकारहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

भिडियो हेर्नुहोस्