
शनिबार राजविराजमा मुस्लिम समाज सप्तरीले आयोजना गरेको सम्मान कार्यक्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मुख्यमन्त्री राउतले प्रदेशको विकास र समृद्धिका लागि सबै एकजुट भइ अघि बढनुपर्नेमा जोड दिए ।
उपेन्द्र यादवको चेतावनी
कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले २ नम्बर प्रदेश अरु प्रदेशभन्दा हरेक दृष्टिले पछाडि रहेको भन्दै केन्द्र सरकारले थप बजेटसहित अधिकारसम्पन्न बनाउन ध्यान दिनुपर्ने बताए ।
उनले केन्द्र सरकारले प्रदेशलाई बजेट दिन आलटाल गरिरहेको भन्दै अबपनि प्रदेशलाई बजेट पठाउन ढिलाइ गरे प्रदेश–२ बाट केन्द्रलाई कर नबुझाउने चेतावनीसमेत दिए ।
प्रतिक्रिया दिनुहोस्