
काठमाडौं, मंसिर ७ । यही मंसिर १५ र १६ गते नेपालमा आयोजना हुने शान्ति, वातावरण र द्वन्द्व व्यवस्थापनसम्बन्धी एसिया प्यासिफिक सम्मेलनलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रीको प्रवेश र सवारी–साधन पार्किङको विशेष व्यवस्था मिलाइएको विमानस्थलले जनाएको छ ।
विमानस्थलको मूल प्रवेशद्वारबाट टिकट भएका यात्रीलाईमात्र प्रवेश गराउने जनाइएको छ ।
यात्री बिरामी, अशक्त वा सहयोगी नभइ नहुने अवस्थाको भएमात्रै यात्रीको साथमा एकजनालाई प्रवेश दिने र यात्री ‘डिपार्चर’तर्फ लागेपछि सहयोगी फिर्ता भइहाल्नुपर्ने पनि विमानस्थलले जनाएको छ ।
त्यस्तै, सवारी–साधनहरु पनि यात्री अवतरण गर्नासाथ तत्कालै बाहिर प्रस्थान गर्नुपर्ने र होटल वा निजी गाडीलाई जहाज अवतरणको ५ देखि १० मिनेटअघिमात्र प्रवेश दिइने जनाइएको छ ।
खाली ट्याक्सीहरुलाई भने प्रवेश निषेध गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्