पुँजीबजार सुधारियो • Image Khabar Image Khabar


पुँजीबजार सुधारियो


Imagekhabar
१७ चैत्र २०७४, शनिबार २०:४२

पुँजीबजार सुधारियो

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा करिब ५२ अंकले बढेर अन्तिम दिन १२ सय २० विन्दुमा पुग्यो ।

यो साता व्यापार समूहबाहेक अरु सबै समूहमा वृद्धि आएसँगै नेप्से सुधारिएको हो ।

बिमा समूहमा सबैभन्दा उच्च २६८ अंकको सुधार आयो । यस्तै, होटल समूह ११५ अंकले, जलविद्युत् समूह ८२ अंकले, विकास बैंक समूह ६३ अंकले बढ्यो भने वाणिज्य बैंक समूहमा पनि करिब ५२ अंकको सुधार आयो ।

यो साता कारोबार परिमाण पनि सामान्य सुधारियो । १८० कम्पनीहरुको एक अर्ब ८८ करोड ९९ लाख रुपैयाँ बराबरका ५८ लाख ९५ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।

गत साता १७३ कम्पनीहरुको एक अर्ब ७२ करोड रुपैयाँ बराबरका ४६ लाख दुई हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताकोभन्दा करिब १० प्रतिशतले बढी हो ।

यो साता कारोबार रकम र कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी एवं कारोबार भएको सेयर संख्याको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्