जिफन्टको अध्यक्षमा श्रेष्ठ

शनिबार राजधानीमा सम्पन्न महाधिवेशनले विनोद श्रेष्ठको अध्यक्षतामा नयाँ राष्ट्रिय कमिटी चयन गरेको हो ।
जिफन्टको नयाँ राष्ट्रिय कमिटीको उपाध्यक्षहरुमा रमेश बडाल, विदुर कार्की, गुणराम आचार्य, दीपक पौडेल, जितेन्द्र श्रेष्ठ, मञ्जु थापा, कमल गौतम र मीना गुरुङ रहेका छन् ।
८ जना उपाध्यक्षहरु मध्ये ७ जनाले एक/एक प्रदेशको जिम्मेवारी सम्हाल्ने जिफन्टले जनाएको छ ।
यस्तै, महासचिवमा जनक चौधरी, उपमहासचिवद्वयमा दिनेश राई र पूर्णकुमारी कार्की चयन भएको जनाइएको छ ।