
काठमाडौं, मंसिर ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार डडेल्धुरामा भएको बस दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
शुक्रबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले डडेल्धुराबाट डोटीतर्फ जाँदै गरेको विद्यालय बस दुर्घटनामा परी १८ जनाको निधन र ठूलो संख्यामा यात्री घाइते भएको खबरले आफू अत्यन्तै मर्माहत भएको बताएका छन् ।
उनले दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्