
सप्तरीको राजविराजमा आइतबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मुलुकलाई आर्थिक उन्नतितर्फ उन्मुख बनाउन भारतसँग कूटनीतिक पहल आवश्यक रहेको बताए ।
अध्यक्ष यादवले नेपालको गरिबी हटाउन र आर्थिक विकासका लागि भारतसँग विकास साझेदारको रुपमा काम गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए । छिमेकी मुलुकसँग ढुलमुले सम्बन्ध राख्नुभन्दा आपसी विश्वास कायम राख्दै अघि बढ्नुपर्ने उनको भनाइ छ ।
अध्यक्ष यादवले लगानीमैत्री वातारण बनाएर पुँजी, प्रविधि भित्र्याउँदै मुलुकलाई विकासको दिशातर्फ अग्रसर बनाउन सफल कूटनीतिक पहल आवश्क रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्