शेयर बजारमा पहिरो, श्वेतपत्रले पनि थेगेन बजार • Image Khabar Image Khabar


शेयर बजारमा पहिरो, श्वेतपत्रले पनि थेगेन बजार


Imagekhabar
१८ चैत्र २०७४, आईतवार १९:५१

शेयर बजारमा पहिरो, श्वेतपत्रले पनि थेगेन बजार

आइतबार नेप्से २४ अंकले झरेर ११९६ मा आएर थामियो । कारोबार भएका सबै समूहमा गिरावट आयो । बीमा समूहमा सबैभन्दा उच्च १४८ अंकको गिरावट आयो ।

जलविद्युत समूहमा ३७, विकास बैंक समूहमा ३६, होटल समूहमा २७, लघुवित्त समूहमा २६, वाणिज्य बैंक समूहमा पनि २२ अंकको गिरावट आयो ।

उत्पादनमूलक समूहमा पनि दोहोरो अंकले घट्दा वित्त समूह भने सामान्य अंकले रातो रह्यो ।

आइतबार नेपाल स्टक एक्सचेन्जमा १५७ कम्पनीको १२ लाख ७३ हजार कित्ता शेयर जम्मा ३१ करोड २४ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्