
नेपाल चेम्बर अफ कमर्स र जिल्ला आर्थिक गणना कार्यालय काठमाडौंले आइतबार राजधानीमा गरेको कार्यक्रममा यस्तो आग्रह गरिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष केदारनाथ शर्माले यथार्थ तथ्यांक संकलन गर्ने उद्देश्यले आर्थिक गणना गर्न लागिएको बताए ।
यथार्थ तथ्यांक संकलन हुँदा नीति बनाउन सहयोग पुग्ने भएकाले यो अभियान सुरु गर्न लागेको उनले बताए । देशभित्र अस्तित्वमा रहेका र क्रियाशील सबै व्यावसायिक प्रकृतिका आर्थिक एकाइहरु अभियानमा सहभागी हुने विश्वास कार्यालयको छ ।
केन्द्रिय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले आर्थिक गणनाबाट संकलन हुने तथ्यांकले लगानीका लागि नयाँ क्षेत्रको पहिचानसमेत गराउन सक्ने विश्वास व्यक्त गरे ।
देशको समग्र आर्थिक क्रियाकलापहरुको स्थितिको मूल्यांकन गर्न र उपयुक्त आर्थिक नीति तथा कार्यक्रम तर्जुमा गर्न भरपर्दो माध्यम आर्थिक गणना गर्न लागिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्