अब गाडीमा गीत बजाए रोयल्टी तिर्नुपर्ने • Image Khabar Image Khabar


अब गाडीमा गीत बजाए रोयल्टी तिर्नुपर्ने


Imagekhabar
१९ चैत्र २०७४, सोमबार ०६:३४

अब गाडीमा गीत बजाए रोयल्टी तिर्नुपर्ने

यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि संशोधन गरेर भाडाका गाडीमा गीत संगीत बजाएबापत रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको हो । रोयल्टी रकम सवारीसाधन दर्ता तथा नविकरण गर्दा तिर्नुपर्नेछ ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईले सार्वजनिक यातायातमा गीत संगीत अत्यधिक बज्ने भएकाले स्रष्टालाई राहत प्रदान गर्न रोयल्टीको व्यवस्था गरिएको बताए ।

गीत संगीत बजाएबापत ठूला बसले वार्षिक दुई हजार, मिनिबसले १४ सय, ट्रक÷ट्यांकरले १४ सय, माइक्रोबस, ट्याक्सी र जिपले एक हजार, पिकअप भ्यानले ९ सय र टेम्पोले ८ सय रोयल्टी तिर्नुपर्नेछ । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्