Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


संसदद्वारा शोकप्रस्ताव पारित


0
Shares

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सोमबार बसेको अलग–अलग बैठकमा पूर्वमन्त्री खड्काको निधनप्रति एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

वि.संं २०४८, २०५१ र २०५६ सालमा दाङबाट प्रतिनिधिसभामा नेपाली कांग्रेस पार्टीका तर्फबाट निर्वाचित सदस्य खड्काको यही चैत १६ गते ६७ वर्षको उमेरमा निधन भएको थियो ।

लामो समय प्रवास र जेल जीवनसमेत व्यतित गर्दै प्रजातन्त्रको पुनःस्थापनाको आन्दोलमा नेतृत्वदायी भूमिका निर्वाह गरेका नेता एवं समाजसेवी स्व. खड्काले विभिन्न समयमा भौतिक योजना, स्थानीय विकास, गृह, वन तथा भू–संरक्षण, आपूर्ति एवं जलस्रोत मन्त्रालयको कार्यभार सम्हालेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक मंगलबार (भोलि) दिनको १ बजे र राष्ट्रियसभाको अर्को बैठक अपराह्न ४ बजे बस्नेछ । रासस