२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


क्वाटरमै तरकारी फलाउँदै मन्त्री तामाङ, गरे खनजोत


0
Shares

बिहान मन्त्री तामाङसँगै उनकी श्रीमती प्रदेश नम्बर–१ की प्रदेशसभा सदस्य उषाकला राईले पनि डोजर चलाउन सहयोग गरिन् ।

कार्यकर्ता, सुरक्षाकर्मी, पत्रकारलगायत मन्त्रीले डोजर चलाएको हेर्न र फोटो खिच्नका लागि उपस्थित थिए ।

उनले क्वाटरमा कार्यरत् कर्मचारीलाई आफूलाई पुग्ने तरकारी यहीँ फलाउन निर्देशनसमेत दिए ।

मन्त्री तामाङले जमिन बाँझो राखेर खाद्यान्न आयात गर्नेक्रम रोक्नका लागि आफूले यहाँको जमिन खनजोत गर्न थालेको बताए ।

‘मन्त्री क्वाटरमा रहेको जमिनमा तरकारी लगाए यहाँ तरकारी किन्नुपर्दैन’–उनले भने–‘अब सबै मन्त्रीहरूमा कसले राम्रो तरकारी फलाउने भन्ने प्रतिस्पर्धा हुनुपर्छ ।’

नेपालमा भित्रिने धेरै विप्रेषण खाद्यान्न खरिदकै लागि विदेशिने गरेको छ भन्दै उनले झन्डै रु एक खर्ब खाद्यान्नका लागि बाहिरिने गरेको तथ्यांक उल्लेख गरे ।

उनले अबको दुई वर्षमा नै नेपाललाई खाद्यान्न, फलफूल, दूधलगायतमा आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औंल्याए ।

जमिन बाँझो राख्न नहुने कानुनी व्यवस्थालाई कडाइका साथ लागू गराउन पहल गरिनेमा पनि मन्त्री तामाङले जोड दिए । रासस