
काठमाडौं, मंसिर ७ । काठमाडौंको इतुम्बहालस्थित महाविहार कुलदेवता घर (देगुद्यःछें) को पुनर्निर्माण सुरु भएको छ ।
गत २०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले क्षतिग्रस्त भएको कुलदेवता घरको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरे ।
हनुमानढोका दरबार क्षेत्र संरक्षण समितिको मातहतमा रहेको यो कुल देवता घरको पुनर्निर्माणको काम १८ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । पुनर्निर्माणको कूल लागत १ करोड ६५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
कुलदेवता घरको शिलान्यास गर्दै महानगरपालिकाका प्रमुख शाक्यले भूकम्पबाट भत्किएका सबै पुरातात्विक सम्पदाको पुनर्निर्माणलाई तिव्रता दिँइ चाँडै नै काम सक्ने र पूर्ववत अवस्थामा पुर्याइने बताए ।
उनले पुनर्निर्माणमा साथ दिन स्थानीयबासीलाई आग्रहसमेत गरे ।
प्रतिक्रिया दिनुहोस्