
आइसीपीको सोमबार स्थलगत अनुगमन गर्दै उनले आइसीपीको पूर्वाधार निर्माणकार्य सम्पन्न भएकाले चैत २२ गतेपछि कुनैपनि बेला उद्घाटन हुनसक्ने भएकाले तयारी अवस्थामा रहन कर्मचारीलाई निर्देशन दिएका छन् ।
मन्त्री यादवले राष्ट्रिय गौरवको परियोजना आइसीपीमा वीरगन्ज नाकाको सबै व्यापार एकैचोटी स्थान्तरण गर्न सम्भव नभएकाले विस्तारै यसलाई पूर्णक्षमतामा सन्चालन गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले चाँडै आइसीपीको उद्घाटन गर्ने तयारी भएकाले दुवै पक्षका कर्मचारी बसी सन्चालनको सबै प्रक्रियाबारे आपसी छलफल गरी तयार हुन नेपाल–भारतका कर्मचारीलाई आग्रह गरे ।
उनँले नेपाल–भारतबीच मैत्रीकैरुपमा रहेको आइसीपी सक्दो चाँडो पूर्णक्षमतामा सन्चालन होस् भन्ने चाहना आफूहरुको भएको उल्लेख गर्दै वीरगन्ज नाकाको पूरै व्यापार एकैचोटी आइसीपीमा सार्न सम्भव नभएकाले सकिने कामबाट सुरु गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया मिलाउन नेपाल तथा भारतका सम्बन्धित पक्षका कर्मचारीलाई आग्रह गरे ।
वाणिज्य मन्त्रालयका सचिव चन्द्र घिमिरेले पूर्वाधार निर्माणकार्य सम्पन्न भएको र अब प्राविधिक कार्यमात्र बाँकी भएकाले त्यसलाई दुई/तीन दिनभित्र पूरा गरिने जानकारी दिए ।
यसैबीच, थप मुआब्जाको माग गर्दै आइसीपीको मूलगेटमा धर्ना बसेका अलौवासीलाई आन्दोलन स्थगित गर्न मन्त्री यादवले आग्रह गरे ।
आइसीपी अनुगमन गर्न अलौ पुगेका मन्त्री यादवले धर्ना बसेका स्थानीयलाई सम्बोधन गर्दै उनले वार्ता र छलफलबाट निकास खोज्नपनि आग्रह गरे ।
मन्त्री यादवले सन्चालनको तयारीमा रहेको आइसीपीमा स्थानीयलाई रोजगारीको व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गर्दै धर्ना छाडी आ–आफ्नो काममा लाग्न सबैलाई अपिल गरे ।
मन्त्री यादवको प्रतिबद्धतापछि मुआब्जा पीडित संर्घष समितिका अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले सरकारले वार्ताका लागि पत्र पठाए धर्नालाई स्थगित गर्न आफूहरु तयार रहेको बताए । रासस
प्रतिक्रिया दिनुहोस्