सोमबार पनि नेप्से घट्यो • Image Khabar Image Khabar


सोमबार पनि नेप्से घट्यो


Imagekhabar
१९ चैत्र २०७४, सोमबार २०:१४

सोमबार पनि नेप्से घट्यो

यसदिन सेयरबजार परिसूचक नेप्से उतार–चढावबीच ३ अंकले झरेर ११ सय ९२ विन्दुमा आइपुग्यो ।

कारोबार सुरु भएलगत्तै घटेपनि मध्याह्मा बढेर ११ सय ९९ पुगिसेको नेप्से पछि पुनः घट्दै ऋणात्मकमा थामियो । आइतबार नेप्से २४ अंकले ओर्लिएको थियो ।

यसदिन वित्त समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो । उत्पादनमुलक समूह ३३ अंकले झर्‍यो ।

यस्तै, बिमा समूह २३ अंकले, होटल समूह १६ अंकले झर्‍यो । वाणिज्य बैंक समूह सामान्य अंकले ऋणात्मक रह्यो ।

यसदिन कारोबार परिमाण पनि न्यून नै रह्यो । १५६ कम्पनीका १० लाख ७० हजार कित्ता सेयर जम्मा २० करोड ५९ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्