Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


गैरकानुनी ढंगबाट धितोपत्र सार्वजनिक निष्कासन गर्न लागेकोप्रति बोर्डको ध्यानाकर्षण


0
Shares

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा २७ ले संगठित संस्थाले आफूले निष्कासन गर्ने धितोपत्र निष्कासन गर्नुअघि बोर्डमा दर्ता गराउनुपर्ने स्पस्ट व्यवस्था रहेको छ ।

कतिपय जलविद्युत् कम्पनीहरुले बोर्डमा दर्ता नगरी सेयरमा लगानी गर्न सार्वजनिकरुपमा सूचना प्रकाशित गरेको पाइएकाले यस सम्बन्धमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

त्यसरी धितोपत्रसम्बन्धी प्रचलित कानुनबमोजिमको प्रक्रिया पूरा नगरी सर्वसाधारणसमक्ष धितोपत्र बिक्री गर्ने कार्य गैरकानुनी भएकाले बोर्डमा दर्ता गरी विवरणपत्र प्रकाशन गरेरमात्र धितोपत्रको सार्वजनिक निष्कासन गर्न सम्बन्धित सम्पूर्ण सगठित संस्थाहरुलाई बोर्डले सूचित गरेको छ ।

साथै, त्यसरी गैरकानुनी ढंगबाट निष्कासन गरिएका धितोपत्रहरुमा लगानी गर्दा लगानीकर्ताहरुको लगानी जोखिममा पर्नसक्ने हुनाले त्यस्ता धितोपत्रहरुमा लगानी नगराउनका लागि बोर्डले लगानीकर्तालाई सतर्क गराएको छ ।