२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


संघीयता कार्यान्वयनमा यस्ता बाधा देखाए मुख्यमन्त्री शेरधन राईले


0
Shares

तेह्रथुमको म्याङलुङ्गमा जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधिसँगको कार्यक्रममा उनले राज्यका विभिन्न अंग र कर्मचारी प्रशासनबाट पुरानो मानसिकता, व्यवहार र केन्द्रीकृत सोच हटाउनुपर्ने बताए ।

शान्ति, स्थिरता, विकास र समृद्धिको युग सुरु भएको भन्दै उनले जनताका भावना र चाहनासँग जोडिएर विकास र सम्मृद्धिमा लाग्ने जिम्मेवारी तीन तहकै सरकारको काँधमा आएको धारणा राखे ।

तेह्रथुमका जनप्रतिनिधिले प्रदेश सरकारले कानुन बनाउन ढिलो गर्दा आफुहरुलाई समस्या भएको भन्दै शिक्षा, स्वास्थ्य, जनप्रतिनिधिका सेवा सुविधालगायत विषयमा यथाशीघ्र कानुन बनाई कार्यान्वयनमा ल्याउन आग्रह गरे ।