दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतले सो जानकारी दिएको हो ।
उनलाई निकै लामो समयसम्म जेल सजाय दिनसक्ने अनुमान गरिएको छ । उनलाई दिइने सजायको बारेमा यहाँको रष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने तयारी भएको अदालतको भनाई छ ।
पूर्व राष्ट्रपति हाई हाल थुनामै छिन् । उनीमाथिको कारबाहीको जानकारी उनले नै प्रत्यक्ष हेर्न र सुन्न पाउनेगरी यस्तो प्रशारण गर्ने व्यवस्था गरिएको जानकारी अदालतको छ ।
उनलाई भ्रष्टाचारको आरोपमा थुनामा राखेर अनुसन्धान गरिएको छ । सन् २०१७ को मार्च महिनामा उनलाई नियन्त्रणमा लिइएको थियो ।
उनले गरेको भनिएको भ्रष्टाचारमा उनलाई कम्तीमा पनि ३० वर्षको जेल सजायको माग यसअघि नै यहाँका सरकारी वकिलहरुद्वारा गरिएको छ ।
यहाँका सरकारी वकिलले पूर्व राष्ट्रपति हाइले गरेको भ्रष्टाचार र शक्तिको दुरुपयोगको विषयमा गरिएको लामो समयको अनुसन्धानपछि ३० वर्षको जेल सजाय हुनुपर्ने माग गरेका हुन् ।
पार्क ६६ वर्षकी छन् । उनी दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुन् । उनीमाथि आफू राष्ट्रपति रहँदा शक्तिको दुरुपयोग गरेको आरोपमा मुद्दा चलिरहेको छ ।
सो मुद्दामा गएको करिब एक वर्षदेखि सुनुवाई जारी छ । गत वर्षको मार्च महिनामा उनीमाथि भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएको थियो ।
भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उनलाई संसदमा महाभियोग लगाएर बर्खास्त गरिएको थियो ।
महाअभियोग लगाएर निकालिएको उनी दक्षिण कोरियाली पहिलो राष्ट्रपति हुन् ।
शुक्रबार उनको मुद्दाको फैसला हुने अनुमान गरिएको छ । (रासस/एएफपी)




प्रतिक्रिया दिनुहोस्