
प्रधानमन्त्रीको निवास बालुवाटारमा मंगलबार बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको बैठकले भूकम्पपीडितले दोस्रो किस्ता रकम लिन तीन महिना समय थपेको हो ।
प्राधिकरणले यसअघि दोस्रो किस्ताको रकम यही चैत मसान्तभित्र बुझिसक्नुपर्ने निर्णय गरेको थियो ।
बैठकले भूकम्पपीडितका लागि सहज तरिकाले रकम निकासा गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी, बैठकले अतिजोखिममा रहेका भूकम्पपीडितका घर, टहरा सहजरुपमा निर्माण गर्ने, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरुलाई प्राथमिकताका साथ निर्माण गर्ने निर्णय गरेको पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसालले जानकारी दिए ।
वि.सं. २०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पबाट भत्किएका १ लाख १४ हजार घर निर्माण भइसकेका छन् भने ३ लाख ९० हजार निर्माणाधीन अवस्थामा छन् ।
प्रतिक्रिया दिनुहोस्