Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


नुवाकोटमा प्रेसरकुकर बम, सेनाद्वारा निस्क्रिय


0
Shares

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मंगलबार आह्वान गरेको नुवाकोट बन्दलाई लक्ष्य गरी बिहान राखेको बमलाई श्रीनाथ गण देवीघाटबाट गएको सेनाको टोलीले निस्क्रिय बनाएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

नेकपाले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै नुवाकोट बन्द आह्वान गरेको जनाएको छ ।

पार्टी समर्थित जनपरिषद नुवाकोटका अध्यक्ष विन्तोष सिलवाललाई गत बुधबार प्रहरीले नियन्त्रणमा लिएको विरोधमा जिल्ला बन्द गर्नुपरेको नेकपा जिल्ला सेक्रेटरी सागर तिमिल्सिनाले जानकारी दिए ।

बन्दका कारण जिल्लामा सन्चालन हुने यातायात, शैक्षिक संस्था, उद्योग कलकारखाना तथा बजार क्षेत्र प्रभावित बनेको छ ।

पक्राउ परेका अशोकलाई गत बिहीबार जिल्ला प्रशासन कार्यालयमा म्याद थप गरी सार्वजनिक अपराधसम्बन्धी अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Skip This