Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


आर्थिक विकासका लागि स्वच्छ व्यापार आवाश्यक : मन्त्री अधिकारी


0
Shares

काठमाडौं, मंसिर ६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपालको आर्थिक विकासका लागि स्वच्छ व्यापार आवाश्यक रहेको बताएका छन् ।

एसिया स्वतन्त्र व्यवसायी समूहको बिहीबार काठमाडौंमा एसिया फेयर ट्रेड समिट २०१८ को उद्घाटन गर्नेक्रममा उनले स्वच्छ व्यवसायलेमात्रै स्थानीय तथा विश्वव्यापीस्तरमा दिगो अर्थतन्त्रका लागि योगदान पुर्‍याउने भएकाले स्वच्छ व्यवसायमा जोड दिनैपर्ने उल्लेख गरे ।

कार्यक्रममा एसिया फेयर ट्रेडका अध्यक्ष रुदि दलभाइले राज्यको काम नीति बनाउनुमात्र नभइ आर्थिक विकासका लागी स्वच्छ व्यवसायमा जोड दिनुपर्ने बताए ।