Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


‘चन्द्रौटा कृष्णनगर क्षेत्रलाई निर्यातमुखी उद्योगको करिडोरकारुपमा विकास गरिने’


0
Shares

कपिलवस्तु, मंसिर ६ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कपिलवस्तुको चन्द्रौटा कृष्णनगर क्षेत्रलाई निर्यातमुखी उद्योगको करिडोरकारुपमा विकास गर्ने रणनीति तय भएको बताएका छन् ।

बिहीबार पाँचौं चन्द्रौटा महोत्सव तथा कृषि पर्यटन औद्योगिक प्रदर्शनीको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले कपिलवस्तुको बौद्ध सम्पदामा आधारित पर्यटन क्षेत्र सिंगो प्रदेशको मुख्य स्रोत बन्ने आधार भएको र प्रदेश सरकारले यो क्षेत्रलाई तदरुकताका साथ अघि बढाउनुपर्ने बताए ।

कपिलवस्तुका शिवराज, कृष्णनगर र विजयनगरपालिकाले एकीकृतरुपमा शिवगढीमार्फत् पर्यटन प्रवर्धन गर्दै आर्थिक समृद्धिको जग तयार पार्नुपर्ने मन्त्री खनालले बताए ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले भगवान् गौतमबुद्ध जन्मिएको ठाउँ लुम्बिनीको माटोलाई प्रयोग गरेर बुद्धका मूर्तिहरु र बौद्धधर्मसम्बन्धी सामग्री उत्पादन र निर्यात गरेर पनि पर्यटन र व्यापारलाई प्रवर्धन गर्नसकिने बताए ।