६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


सीआइआइ कन्म्याक–२०१८ को प्रदर्शनी सुरु


0
Shares

काठमाडौं, मंसिर ६ । निर्माण उपकरण प्रदर्शनी सीआइआइ कन्म्याक–२०१८ को प्रदर्शनी भक्तपुरमा सुरु भएको छ ।

भारतीय उद्योग परिसंघ (सीआइआइ)को आयोजनामा नेपालको सबैभन्दा ठूलो निर्माण उपकरण प्रदर्शनी दाबी गरिएको सीआइआइ कन्म्याक–२०१८ को प्रदर्शनी बिहीबारबाट सुरु भएको हो ।

एक कार्यक्रमकाबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रदर्शनीको उद्घाटन गरे ।

मन्त्री महासेठले विकासको एजेन्डाबाहेक अब नेपाली जनताले संघर्ष र आन्दोलन नचाहेको बताए ।

उनले देशमा व्यावसायिक वातावरण निर्माण गर्ने सबैभन्दा बलियो आधार प्रदान गर्ने बताउँदै यसले नेपालको इन्फ्रास्ट्रक्चर र निर्माण परिदृश्यको विकासका लागि एक नयाँ मार्गनिर्देशन गर्ने बताए ।

भारतीय राजदूत मञ्जीवसिंह पुरीले यस्तो प्रकारको प्रदर्शनीलाई विश्वस्तरको निर्माण उपकरण सामग्रीहरू एकै स्थानमा प्रदर्शित गर्ने एउटा बलियो ‘प्लेटफर्म’कारूपमा लिइएको बताए ।

भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा गरिएको प्रदर्शनी तीन दिनसम्म चल्नेछ ।