
कुमारी बैंक कर्मचारी संघले आयोजना गरेको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी एवं ग्राहक गरि १०३ जनाले रक्तदान गरेका छन् ।
यसै उपलक्ष्यमा बैंकले साताव्यापी रुपमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखामार्फत विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
कुमारी बैंकले नेपालमा प्रचलित परम्परागत बैंकिङ पद्धतिलाई नयाँ प्रविधिको प्रयोगमार्फत ग्राहक वर्गको सुविधा र चाहना अनुरुपका सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ । साथै बैंकले आगामी दिनमा उत्कृष्ट सेवा तथा सुविधाहरु प्रदान गर्दै अझ बढी बिश्वसनीय र सबल बैंकको रुपमा प्रस्तुत हुने प्रण गरेको छ ।
हाल बैंकले ७२ शाखा, २ एक्सटेन्सन काउन्टर तथा ५८ वटा एटीएमद्वारा आधुनिक बैंकिङ्ग सेवा उपलब्ध भइरहेको सो बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्