Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


संघीयता असफल बनाउने षडयन्त्र भइरहेछ : मुख्यमन्त्री शाही


0
Shares

काठमाडौं, मंसिर ६ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीयता असफल बनाउने षडयन्त्र भइरहेको दाबी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संघीयता नरुचाउने शक्तिहरु तीन तहका सरकारबीचको अधिकार विवादलाई उचालेर संघीयता असफल बनाउन लागिपरेको जिकिर गरे ।

जनताले नेकपालाई दुईतिहाइ बहुमत दिएर अग्निपरीक्षा गरेको भन्दै उनले अरुलाई दोष दिएर सरकार उम्कनसक्ने अवस्था नरहेको बताए ।

प्रदेश सरकारलाई प्रशासनिक र वित्तीय अधिकारबाहेक अहिलेसम्म अन्य अधिकार नदिइएको भन्दै उनले प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीचको छलफलबाट समस्याको समाधान खोजिने पनि बताए ।