६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


बर्दियामा बस पल्टँदा एकजनाको मृत्यु, १५ घाइते


0
Shares

सञ्जय आचार्य (इमेज)

बर्दिया, मंसिर ६ । बर्दियाको सदरमुकाम गुलरियादेखि गेरुवा गाउँपालिका जाँदै गरेको ना३ख ८५५४ नम्बरको यात्रीवाहक बस बिहीबार खैरापुरमा पल्टँदा एकजनाको मृत्यु भएको छ । १५ जना घाइते छन् ।

बस अनियन्त्रित भइ सडकबाट नालातर्फ पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी बर्दियाका ४५ वर्षीय कर्णबहादुर सुनारको मृत्यु भएको हो ।

घाइतेहरुको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।