१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सरकारको लक्ष्य आर्थिक समृद्धि : प्रधानमन्त्री


0
Shares

आर्थिक समृद्धि हासिल गर्ने राष्ट्रको अभियानमा सहकारी अभियानको सहयोग रहने भन्दै त्यसका लागि सहकारीको अनुशासनमा बस्नुुपर्ने बताए ।

‘दोस्रो सहकारी महासम्मेलन’को बुधबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अल्पविकसित देशमा सरकारी आन्दोलन अपरिहार्य रहेको पनि बताए ।

सरकारको लक्ष्य आर्थिक समृद्धि रहेको उनको भनाइ थियो । त्यसका लागि सहकारी अभियानलाई सरकारले प्राथमिकताका साथ अगाडि लैजाने उनले उल्लेख गरे ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी संस्था मोटाउने र सदस्य दुब्लाउन नहुने भन्दै सचेत बन्न आग्रह गरे ।

सहकारीको कर्जा सुरक्षणका लागि सहयोग गर्न सरकार तयार रहेको भन्दै उनले सहकारीले बिमाको पनि काम गर्नु गलत भएको बताए ।

६१औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र राष्ट्रिय सहकारी महासंघले संयुक्तरुपमा सम्मेलनको आयोजना गरेका हुन् ।

सम्मेलनमा सहकारी अभियानमा लागेका स्वदेशी एवं विदेशी सहकारीकर्मीको सहभागिता रहेको छ । सम्मेलन बिहीबार सकिनेछ ।