कालोपत्रे भत्किएर बनेका खाल्टाखुल्टी नपुरिँदा र पहिरो गएको ठाउँमा मर्मत नहुँदा सडक जीर्ण बनेको हो ।
रसुवाको स्याउबारीदेखि स्याफ्रुबेसी हुँदै रसुवागढीसम्मको सडक जीर्ण बनेकाले दुर्घटनाको जोखिमसमेत बढेको छ । रसुवागढी नाका सञ्चालन भएसँगै पासाङल्हामु मार्गमा अहिले दैनिक सयौं कन्टेनर तथा सार्वजनिक यातायातका सवारी साधन ओहोरदोहोर गर्ने गरेका छन् ।
साँघुरो सडक र गाडीलाई साईड दिने पासिङ जोनसमेत नहुँदा यो खण्डको यात्रा निकै जोखिमपूर्ण बनेको छ । स्थानीयवासीले सडकको तत्काल मर्मत सम्भार गर्न माग गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्