२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


राष्ट्रिय गौरवको आयोजना धरान–चतरा–हेटौंडा सडक निर्माण सुस्त


0
Shares

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो सडकमा सडक विभागले अधिग्रहण गर्नुपर्ने क्षेत्रका घरटहरा, बिजुलीको पोल, रुख हटाउने काम अगाडि बढाउन नसक्दा निर्धारित समयमा सम्पन्न नहुने भएको हो ।

सडक विस्तार हुने जंगल क्षेत्रमा समयमै रुख नकाटिँदा तथा बिजुलीका पोल र घरटहराका समस्या समाधान नहुँदा सोचेजस्तो काम हुन नसकेको निर्माण पक्षले जनाएको छ ।

गत वर्ष कात्तिकबाट काम सुरु भए पनि अहिलेसम्म ६ महिनामात्र काम भएको छ । लक्ष्यअनुसार अहिलेसम्म ३० प्रतिशत काम सम्पन्न हुनुपर्ने हो ।

तर, पूर्वी खण्डको १३४ किलोमिटर सडकमध्ये ३० किमी सडकमा कुनै काम हुन सकेको छैन । विभागले समयमै रुख कटानको आदेश नदिँदा काममा ढिलाई भएको हो ।