हरिण शिकार मामलामा सलमान खान दोषी ठहर • Image Khabar Image Khabar


हरिण शिकार मामलामा सलमान खान दोषी ठहर


Imagekhabar
२२ चैत्र २०७४, बिहीबार १२:१४

हरिण शिकार मामलामा सलमान खान दोषी ठहर

बिहीबार २० वर्ष पुरानो मुद्दामा जोधपुर अदालतले फैसला सुनाएको हो । सलमानलाई दोषी ठहर गरिए पनि सजाय तोकिएको छैन । उक्त कसुरमा ६ वर्षसम्म जेल सजाय हुने कानून व्यवसायीहरु बताउँछन् ।

सोही मुद्दामा सैफ अली खान, तब्बु, सोनाली बेन्द्रे, नीलमलाई भने अदालतले सन्देहको लाभमा सफाइ दिएको छ ।

चलचित्र ‘हम साथ साथ हे’ को छायांकनको सिलसिलामा उनीहरुले कालो हरिणको शिकार गरेको अरोप लागेको थियो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्