
उनले निकटतम् प्रतिद्वन्द्वी नेविसंघका उम्मेदवार डिफान भुजेललाई २२६ मतले पछि पारे ।
अनेरास्ववियुका तिमिल्सिनाले ८४५ मत प्राप्त गरे भने नेविसंघ भुजेलले ६१९ मत प्राप्त ल्याए ।
यस्तै, अनेरास्ववियु क्रान्तिकारीबाट अध्यक्षका उम्मेदवार रहेका सुधन पन्तले ४९, स्वतन्त्ररुपमा उठेकी अनेरास्ववियुकी ‘बागी’ कुसुमसिला भट्टले १४८ र स्वतन्त्ररुपमै उठेका नयाँ शक्तिका सुभाष पौडेलले ७५ मत प्राप्त गरे ।
यसैगरी, सचिवमा अनेरास्ववियुका सुरज परियार, कोषाध्यक्षमा पनि अनेरास्ववियुकै प्रकृति दवाडी विजयी भए ।
९ जना सदस्यमा ७ जना अनेरास्ववियुका र दुईजनामात्र नेविसंघका उम्मेदवारले जितेका छन् ।
पोखरा विश्वविद्यालयको बुधबार भएको स्ववियु निर्वाचनको मतपरिणाम बिहीबार सार्वजनिक भएको हो ।
प्रतिक्रिया दिनुहोस्