काठमाडौं, मंसिर ६ । ललितपुरको च्यासल युथ क्लबले सहिद स्मारक पल्सर ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा च्यासलले न्यूरोड टिम (एनआरटी) लाई ५–१ ले हरायो ।
जारी लिगको सुरुआती दुई खेलमा जित निकाल्न नसकेको च्यासलले तेस्रो चरणमा आएर फराकिलो जित निकालेको हो ।
च्यासलका लागि बिमल घर्तीमगर र अमिर श्रेष्ठले २/२ गोल गर्दा सन्तोष साहुखलले एक गोल थपे ।
बिमल खेलको ‘म्यान अफ दी म्याच’ पनि घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।
पराजित टोली एनआरटीका लागि अफ्रिकन खेलाडी मोसुद अग्बोलाले १ सान्त्वना गोल फर्काए ।
यो जितसँगै च्यासल अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । तीन खेलबाट उसको ४ अंक भएको छ ।








प्रतिक्रिया दिनुहोस्