२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दाङमा एक सातामै थपिए दुई बैंक


0
Shares

स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने सरकारको नीति अनुसार जिल्लामा बैंकहरु थपिने क्रम जारी रहेको छ । यसैक्रममा पछिल्लो एक साताको अन्तरमा जिल्लाका लमही र तुलसीपुरमा नविल बैंक र तुलसीपुरमा मुक्तिनाथ बैंकका शाखा खुलेका छन् ।

नविल बैंक सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले बैंकको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पौड्यालले एक साताको अन्तरमा पश्चिम नेपालका सुर्खेत, कैलालीलगायतका जिल्लामा पनि बैंकका शाखा खुलेको भन्दै आफ्नो सेवा गाउँ गाउँसम्म पुर्‍याउने बताए ।

‘देशभर नविल बैंकले सेवा बिस्तार गरिरहेको छ । हालसम्म ६२ वटा शाखाहरुको बृहत सञ्जाल, १ सय ९ वटा एटिएमहरुको विशाल संरचना र १ हजार ५ सय भन्दा बढी नविल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरुमार्फत् सेवाप्रदान गरिरहेको छ’, अध्यक्ष पौड्यालले भने, ‘यो सेवाको दायरा बढाउँदै लैजाने तयारीमा हामीहरु जुटिरहेका छौं ।’

त्यस्तै यसैसाता दाङको तुलसीपुरमा मुक्तिनाथ बैंकले आफ्नो शाखा खोलेको छ । तुलसीपुरको ‘ग’ लाइनबाट सञ्चालनमा आएको बैंकको दाङ क्षेत्रनम्बर ३ का प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि केसीले यस क्षेत्रमा वित्तीय संस्थाबीच प्रतिस्पर्धा धेरै भए तापनि यस विकास बैंकको सेवा र वित्तीय आँकडा राम्रो देखिएकाले सबैले खाता खोली कारोबार गर्न अनुरोध गरे ।