गाउँमै बीउ बैंक स्थापना, ९१६ प्रकारका बीउ उपलब्ध (भिडियो)

बीउ बैंकबाट स्थानीय जातका विभिन्न प्रजातिका ९ सय १६ प्रकारका बीउ कृषकले सजिलै पाउने छन् ।
नवलपरासीको कावासोती नगरपालिका १४ अग्यौलीका कृषकहरुले यतिबेला स्थानीयस्तरमा बीउबिजनको अभाव हुन नदिन र बीउको संरक्षण गर्ने उद्देश्यले बीउ बैंक स्थापना गरेका छन् । जसमा स्थानीय जातका विभिन्न प्रजातीका करीव ९ सय १६ प्रकारका बीउ राखिएको छ ।
वि.स.२०६८ सालमा कोठा भाडामा लिएर स्थापना गरेको बीउ बैंकले वि.सं. २०६९ सालमा स्थानीय तथा नगरपालिकाको सहयोगमा ८ लाख २५ हजारको लागतमा आफ्नै भवन निर्माण गरी स्थानीयलाई सेवा दिंदै आएको छ ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्