
गाउँमै गैरसरकारी संस्थाको सहयोगमा साना तथा मझौला उद्योग स्थापना भएपछि महिलाको दैनिकीमा परिवर्तन आएको हो ।
भकिम्लीमा स्थापित अगरबत्ती र स्वीटर उद्योगले महिलाको दैनिकी फेरेको हो । धौलागिरी विकास केन्द्रले भकिम्लीको भुकभुके, मुसुङ रमरेकमाका महिलालाई गाउँमै अगरबत्ती उद्योग स्थापनाका लागि आर्थिक तथा प्राविधिक सहयोग गरेको छ । पुरुष र महिलालाई एउटै समुहमा आवद्ध गराई उद्योगको स्थापना गरिएपछि घरायसी काम सकेपछि उनीहरु अगरबत्ती उत्पादनमा जुट्ने गरेको भुकभुके अगरबत्ती उत्पादन समुहका अध्यक्ष रत्नबहादुर जिसीले बताए ।
अगरबत्ती र सुईटर उत्पादन समूहले उद्योगमा चार लाख लगानी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्