
यसक्रममा बझाङका सर्वसाधारण तीन महिना लेकमै बसेर यार्सा संकलन गर्न उत्तरी क्षेत्रतर्फ लागेका छन् । सुर्मा, काँडा, मष्टा, छविस पाथेभेरा गाउँपालिका र बंगल र जयपृथ्वी नगरपालिकाका सर्वसाधारण यार्सागुम्बा संकलन गर्न हिमालतर्फ लागेका हुन् ।
तीन महिना यार्सा संकलन गरेर झण्डै एक बर्ष खान पुग्ने भएपछि त्यहाँका स्थानीय परिवारसहित लेक जाने गरेको स्थानीय देव बोहराले बताए ।
यार्सा बेचेरै बझाङका सर्वसाधारणले सदरमुकाम चैनपुर, धनगढी, महेन्द्रनगर, काठमाडौंसम्म घर–जग्गा जोडेका छन् । चैतको अन्तिम साताबाट लेक जाने उनीहरु असार महिनाको अन्तिमतिर मात्र घर फर्कन्छन् ।
सुर्मा गाउँपालिकाले गाउँपालिका बाहिरकालाई प्रतिब्यक्ति ५ सय र जिल्लाभन्दा बाहिरकालाई यार्सा संकलनबापत प्रतिब्यक्ति एक हजार रुपैयाँ राजस्व तिर्नु पर्ने व्यवस्था गरेको छ ।
विगत बर्षमाभन्दा यार्साको उत्पादन भने घट्दै गएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्