
कन्चनपुर । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्याकाण्डको दोषी पत्ता लगाउन माग गर्दै अनिश्चितकालीन धर्नामा बसेका उनका बाबुआमाको स्वास्थ्य अवस्था थप बिग्रिएको छ ।
उनीहरु विगत १२ दिनदेखि महेन्द्रनगरस्थित जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसिरहेका छन् ।
निकै कमजोर बन्दै गएका निर्मलाका बाबु यज्ञराज पन्त विक्षिप्त अवस्थामा समेत देखिन थालेका छन् । उनी घरीघरी छोरी निर्मलाको नाम लिंदै चिच्याउने गर्छन् ।
यता, धर्नामा बसेका पन्त परिवारलाई भेटेर विभिन्न राजनीतिक दल र मानवअधिकारवादीहरुले ऐक्यबद्धता जनाएका छन् ।
उनीहरुले निर्मला हत्याकाण्डको दोषी पत्ता लगाउन सरकारलाई दबाब दिने आश्वासन समेत दिएका छन् ।
निर्मलाका लागि न्याय र भावी योजना’ अभियानका लागि कञ्चनपुर पुग्नुभएकी नेपाली कांग्रेसकी नेतृ डा डिला संग्रौलाले सरकारी निकायले नै अपराधीलाई लुकाएको आरोप लगाइन ।
निर्मला हत्याकाण्डको अनुसन्धानका लागि विभिन्न छानबीन समिति गठन भएपनि दोषीबारे अहिलेसम्म कुनै संकेत पत्ता लाग्न समेत सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्