२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


सरकारलाई कांग्रेसले लगाम लगाउँछ : प्रकाशमान सिंह


0
Shares

काठमाडौंमा आयोजित नेपाल बित्तीय संस्था कर्मचारी संघको आठौं राष्ट्रिय महाधिवेशनमा उनले सरकार एकलौटी रुपमा हिड्न खोजे कांग्रेसले लगाम लगाउने बताए ।

सरकारले जनताको काम गर्न नसकेको भन्दै उनले कर्मचारीतन्त्र अस्तव्यस्त भएको आरोप पनि लगाए । वर्तमान सरकार कर्मचारीका अधिकार कटौति गर्न उद्धत रहेको भन्दै उनले कर्मचारीका हक, अधिकार कटौति हुन नदिने प्रष्ट पारे ।

विगतका गल्तीबाट पाठ सिक्दै कांग्रेस देशब्यापी संगठन बिस्तारमा सक्रिय रहेको उनको भनाइ थियो । कांग्रेसभित्र अब कुनै गुट, उपगुट नरहने दावी पनि सिंहको छ ।

नेपाल बित्तीय संस्था कर्मचारी संघका अध्यक्ष गणेशबहादुर केसीले सरकार कर्मचारीका हक, अधिकार कटौति गर्न उद्धत रहेको आरोप लगाए ।

दुई दिनसम्म चल्ने अधिवेशनले आगामी चार बर्षका लागि नयाँ नेतृत्व चुन्ने छ । अधिवेशनमा देशभरबाट आएका प्रतिनिधि सहभागी छन् ।