
प्रधानमन्त्री ओली राष्ट्रपति भवनमा गार्ड अफ अनरसहित सेरेमोनियल रिसेप्सनमा सहभागी हुँदैछन् ।
त्यसपछि उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । राष्ट्रपतिसँगको भेटपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
आजै बिहान ११ बजे महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर प्रधानमन्त्री ओलीले माल्यार्पण गर्ने कार्यक्रम पनि छ ।
त्यसपछि प्रधानमन्त्री ओलीले साढे ११ बजे हैदरावाद हाउसमा समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने तय भएको छ । आज औपचारिक भेटवार्ता तय भए पनि मोदीले हिजै साँझ ओलीसँग करिब डेढ घण्टा ‘वान टु वान’ वार्ता गरेका थिए ।
सो वार्तापछि ओलीले नेपाल–भारतबीच असमझदारी हटिसकेको बताए भने मोदीले आफू प्रशन्न भएको प्रतिक्रिया दिए ।
आज ओली र मोदीबीच प्रतिनिधिमण्डस्तरीय मुख्य वार्ता हुनेछ जसमा दुईपक्षीय सहयोगका विषयमा पनि छलफल हुनेछ ।
त्यसपछि ओली र मोदीले संयुक्त रुपमा रिमोटमार्फत् वीरगन्जस्थित एकीकृत जाँच चौकीको उद्घाटन गर्नेछन् ।
सोही समयमा अरुण तेस्रो जलविद्युत् आयोजनाको पनि संयुक्तरुपमा शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । सो कार्यक्रमलगत्तै दुई देशका उच्च अधिकारीहरुको उपस्थितिमा संयुक्त पत्रकार सम्मेलन गरी सहमति वा समझदारीहरु सार्वजनिक गरिनेछ ।
पत्रकार सम्मेलनपछि भारतीय उपराष्ट्रपति, गृहमन्त्रीलगायतसँग शिष्टाचार भेटवार्ताको समय निर्धारण गरिएको छ ।
यसैगरी आजै साँझ प्रधानमन्त्री ओलीलाई इण्डिया फाउन्डेसनको कार्यक्रममा नागरिक अभिनन्दन गर्ने र सो कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले ओली उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको अवलोकन भ्रमण गर्नेछन् ।
प्रधानमन्त्री ओली आइतबार साँझ स्वदेश फर्कनेछन् ।
५४ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली हिजो भारत भ्रमणका लागि नयाँदिल्ली गएका थिए ।
प्रतिक्रिया दिनुहोस्