 
	    आफ्नो सम्मानमा भारतले दिएको सम्मान गारत सम्पन्न भएलगत्तै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस क्षेत्रको गरिबी निवारणमा मिलेर काम गर्नुपर्ने बताए ।

जनताको जीवनस्तर उकास्नका लागि मिलेर काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकार र जनस्तरमा विद्यमान दुई देशबीचको मित्रवत् सम्बन्ध विकास र विस्तारमा योगदान पु¥याउन आफू भारत भ्रमणमा आएको प्रष्ट पारे ।

भ्रमणका अवसरमा भारत सरकार र निजी क्षेत्रसँग छलफल भइरहेको बताउँदै उनले आफ्नो भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे ।

भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान दिइएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीलाई उनका समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए ।
सो अवसरमा नेपाल र भारतका राष्ट्रिय धून बजाइएका थिए । (रासस)
तस्वीर : भारतीय विदेश मन्त्रालय


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्