
दुई प्रधानमन्त्रीबीच हैदरावाद हाउसमा भेटवार्ता भएको हो । दुबै देशका प्रतिनिधिमण्डलस्तरीय भेटवार्तासँगै ओली र मोदीबीच दुईपक्षीय सहयोगका विषयमा पनि छलफल भएको छ ।
प्रधानमन्त्री ओली र मोदीले संयुक्त रुपमा रिमोटमार्फत् वीरगन्जस्थित एकीकृत जाँच चौकीको उद्घाटन पनि गर्दैछन् ।
सो कार्यक्रमलगत्तै दुई देशका उच्च अधिकारीहरुको उपस्थितिमा संयुक्त पत्रकार सम्मेलन गरी सहमति÷समझदारीहरु सार्वजनिक गरिँदैछ ।
आज औपचारिक भेटवार्ता गरे पनि मोदीले हिजो पनि ओलीसँग करीब डेढ घण्टा एक्लाएक्लै वार्ता गरेका थिए । सो वार्तापछि ओलीले नेपाल–भारतबीच असमझदारी हटिसकेको बताएका थिए भने मोदीले आफू प्रशन्न भएको प्रतिक्रिया सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्